‘एउटै नाउरको सिकार गर्न २३ लाख’

त्रिविले आजदेखि अनलाइनबाट सेवा दिँदै

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आजदेखि अनलाइनबाट सेवा दिने भएको छ ।  

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायत सेवा अनलाइनबाट दिन लागेको हो ।

आज बिहान १० बजेदेखि अनलाइन सेवा सुचारु हुनेछ । परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट अनलाइन सेवा प्राप्त गर्न सकिने त्रिविले जनाएको छ ।

अनलाइन सेवा पूर्ण रुपमा सञ्चालन गर्न भने केही समय लाग्ने कार्यालयले जनाएको छ । केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिइने त्रिविले बताएको छ ।

अनलाइन सेवा लिनका लागि परीक्षा नियन्त्रण कार्यालय बल्खुकाे वेबसाइट www.tuexam.edu.np मा लगइन गरी सर्टिफिकेट लिंकमा क्लिक गरेपछि साइनअप गर्नुपर्छ । त्यसपछि सेवाग्राहीले कार्यालयले मागे सूचना विवरण उपलब्ध गराउनुपर्नेछ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ९ : ३५ बजे