सरकारले राख्यो २२ वटा कम्पनीलाई कालोसूचीमा

​​​​​​​काठमाडौँ ।  सरकारले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो । 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुनेगरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको छ । 

चार वटा कम्पनीलाई तीन वर्ष, एउटालाई साढे दुई वर्ष, चार वटालाई दुई वर्ष, पाँच वटालाई डेढ वर्ष र बाँकी आठ वटा कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । 

कालोसूचीमा राखिएको अवधिभर उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ७ : ५७ बजे