जनकपुर । धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका-१० जानकी मन्दिरको उत्तर गेट अगाडी सडकको छेउमा पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको प्रहरीको भनाइ छ।
अन्दाजी ५५ वर्ष उमेर देखिने पुरुषको शव फेला परेको र घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : १४ माघ २०८०, आइतबार ८ : १३ बजे
प्रतिक्रिया