सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मदन भण्डारी प्रथम खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरू

काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आइतबारदेखि मदन भण्डारी खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु भएको छ।

काठमाडौंको सामाखुसीमा आयोजित एक समारोहविच काठमाडौ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रतियोगिताको उद्घाटन गर्नुभयो।

सो अवसरमा बोल्दै उपप्रमुख डंगोलले खेलकुद क्षेत्रको विकासले सबै क्षेत्रमा फाईदा पुग्ने बताउनुभयो । खेलकुदका माध्ययमबाट राष्ट्रलाई चिनाउन सकिने चर्चा गर्दै उहाँले खेलाडी उत्पादन र स्तरबृद्धिमा स्पोर्टस् एकडेमीले उल्लेखनिय योगदान गरिरहेको उल्लेख गर्नुभयो।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एकेडेमीका सल्लाहकार तथा पुर्व प्रदेश सभासद मोहन रेग्मी,उपाध्यक्ष तेजबिक्रम बस्नेत,उपमहासचिब सुवर्ण श्रेष्ठ लगायतले बोल्नु भएको थियो।

कार्यक्रम संयोजक सरिला श्रेष्ठका अनुसार माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका १५ वटा टिमको सहभागिता रहेको छ।

एकेडेमीले वार्षिक कार्ययोजना अनुसार देशभर विभिन्न खेल प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ।
अध्यक्ष आचार्यका अनुसार यस लगत्तै मधेस प्रदेशका विभिन्न जिल्लामा कुस्ती, फुटसल, टग अफ वार, हक्की, बागमती प्रदेशको काठमाडौं अन्तर विश्व विद्यालय स्तरीय भलिबल, राष्ट्रिय फुल कन्ट्याक्ट कराँते, प्रदेशस्तरीय तेक्वान्दो लगायतका प्रतियोगिताहरु आयोजना हुँदैछन्।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ७ : ०२ बजे