साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

फिल्म ‘नमेटिने घाउ’ मा अध्यक्ष ओली प्रधानमन्त्रीको ‘रोल’ खेल्दै

​​​​​​​काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने भएको छ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘नमेटिने घाउ’चलचित्रको घोषणा कार्यक्रममार्फत अध्यक्ष ओलीले चलचित्रमा अभिनय गर्न लागेको जानकारी गराइएको हो।

 एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर चलचित्र निर्माण गर्न लागेको हो। उक्त चलचित्रमा नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा देखिने निर्माण पक्षले बताएको छ।

अध्यक्ष ओलीले निर्माता रमित ढुंगानालगायतको टोलीले निर्माण गर्न लागेको ‘नमेटिने घाउ’ को शुभमुहूर्त गरे।

अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीहरूलाई कडा सजाय गर्ने कानून ल्याएको र पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले ओलीको हातबाट चलचित्रको शुभमुहूर्त गर्न लागिएको निर्माण टीमले जनाएको छ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ३ : २५ बजे