सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । नेकपा एमालेका चार सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिएको हो ।
३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्नुभयो । प्रदेशसभामा उहाँको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।
नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले फ्लोर क्रस गरेपछि शाहीको पक्षमा कुल २२ मत परेको बताइएको छ। विपक्षमा १५ मत खसेको थियो।
प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार ५ : ३९ बजे
प्रतिक्रिया