सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

यू–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

काठमाडौँ  । अफगानिस्तानसँग जित निकाल्दै नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले ‘सुपर सिक्स’मा स्थान बनाएको हो ।

दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रन बनायो । नेपालले एक सय ४६ रनको विजयी लक्ष्य ४४ दशमलव चार ओभरमा नौ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले ७३ बल खेल्ने क्रममा सात चौकाको मद्दतमा ५८ रन बनाए । यस्तै दिपक बोहराले २७, आकाश त्रिपाठीले १६, अर्जुन कुमालले १० तथा सुवाश भण्डारीले अविजित नौ रन बनाए । 

बलिङतर्फ अफगानिस्तानका फरिदुन दाउदजाइले तीन, खलिल अहमद र नासिर खानले दुई दुई तथा अल्लाह मोहम्मद घजानफार र अरब गुलले एक एक विकेट लिए । 

यस्तै अफगानिस्तानका लागि ब्याटिङ गर्ने क्रममा अल्लाह मोहम्मद घजानफारले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २१ बल खेल्ने क्रममा चार चौका र तीन छक्का हिर्काए । त्यस्तै नासिर खानले ८३ बलको सामना गर्दै तीन चौकाको मद्दतमा ३१ रन बनाए । फरिदुन दाउदजाइले २९ तथा हसन इसाखिलले २० रन बनाए । 

बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिए । उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भए । यस्तै दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए । नेपालले अब समूह ‘ए’बाट सुपर सिक्समा प्रवेश गरिसकेको भारत तथा सो समूहबाट सुपर सिक्समा प्रवेश गर्ने अन्य दुई देशका टोलीसित दोस्रो चरणको खेल खेल्ने छ ।    
 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ९ : १९ बजे