‘एउटै नाउरको सिकार गर्न २३ लाख’

थुनुवालाई हिरासतबाट भगाएर आफू पनि भाग्ने प्रहरीका पूर्वजवान १६ वर्षपछि पक्राउ

काठमाडौं। हिरासतबाट थुनुवालाई भगाएर आफू पनि फरार हुने नेपाल प्रहरीका पूर्व जवान १६ वर्षपछि पक्राउ पर्नुभएको छ ।

पक्राउ पर्नेमा पूर्वजवान वीरबल राय यादव हुनुहुन्छ । उहाँले १६ वर्षअघि हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका लागुऔषध कारोबारी अशरफ आलमलाई भगाएर आफू पनि भाग्नु भएको थियो ।

पूर्वजवानले आलमलाई भगाउन एक करोड माग्नु भएको थियो । तर भागिसकेपछि आमलले उहाँलाई ६ लाख २५ हजार मात्रै दिएका अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

यादवलाई बिहीबार काकडभिट्टाबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १ : २३ बजे