काठमाडौं । रूसी सेनामा भर्ना भएका सुनसरीका एक युवक तीन महिनादेखि बेपत्ता हुनुभएको छ ।
बेपत्ता हुनुहुनेमा बराहक्षेत्र नगरपालिका-६ बांगेका राजन राउत हुनुहुन्छ । उहाँ गत कात्तिकमा ३१ वर्षीय राउत काठमाडौंका भरत केसीमार्फत रसिया पुगेर आर्मीमा भर्ती हुनु भएको थियो ।
युक्रेनी सेनासँगको लडाईँमा जानु भएका राजन त्यसपछि सम्पर्कमा नआउनु भएको उहाँको परिवारले जानकारी दिएको छ ।
प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार १ : ५३ बजे
प्रतिक्रिया