सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कारबाओ कपको फाइनलमा लिभरपुल र चेल्सी भिड्ने

काठमाडौँ । कारबाओ कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन्।

गएराति सेमिफाइनलको दोस्रो लेगमा फुलह्यामसँग १-१ गोलको बराबरी खेल्दै लिभरपुल फाइलन प्रवेश गरेको हो।

पहिलो लेगमा २-१ को जित निकालेको लिभपुलले गएराति कार्भेन कटेजमा फूलह्यामसँग १-१ को बराबरी खेलेपछि समग्रमा ३-२ गोलको जित निकालेको हो।

११ औं मिनेटमा लिभरपुलका लुइस डियाजले गोल गरेर लिभरपुललाई सुरूवाती अग्रता दिलाएका थिए। ७६ औं मिनेटमा फुलह्यामका इस्सा डियोपले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए।

त्यसपछि दुबैतर्फबाट गोल नभएपछि खेल १-१ को बराबरीमा टुंगिएको थियो।

चेल्सीले यसअघि नै मिडल्सब्रोलाई  समग्रमा ६-१ गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

कारबाओ कपको फाइनल २५ फेब्रुअरीमा हुनेछ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ८ : ३७ बजे