सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

यु-१९ विश्वकप : नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

काठमाडौं । नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकपमा नेपालले निर्धारित ओभरको खेलमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो ।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए। त्यस्तै दीपक डुम्रेले २६, देव खनालले २३, सुवास भण्डारी २०, गुल्शन झाले १८, दीपक कँडेलले १३ रन बनाए। 

त्यस्तै अर्जुन कुमालले ६, आकाश त्रिपाठीले ६, उत्तम मगरले ४ रन बनाए। त्यस्तै आकाश चन्द १६ रनमा अविजित रहे।

नेपालले पहिलो खेल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।   

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ४१ बजे