सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

यु-१९ विश्वकप: नेपाललाई छैटौँ झड्का, गुल्सन झा १८ रन बनाएर आउट

काठमाडौं । यु-१९ विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई छैटौँ झड्का लागेको छ । 

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ३७.२ ओभरमा छैटौँ विकेटका रूपमा गुल्सन झालाई गुमाएको हो । ४७ बलको सामना गरेका गुल्सनले १८ रन बनाए । 

यसअघि नेपालले २६.४ ओभरमा नेपालका विपिन रावल ३९ रन बनाएर पभिलियन फर्किएका थिए । ६८ बलको सामना गरेका विपिनले एक छक्का र चार चौका प्रहार गरे ।

यसअघि नेपालका भरपर्दा ब्याटर अर्जुन कुमाल ६, आकाश त्रिपाठी १०, कप्तान देव खनाल २३ र उत्तम मगर ४ रन बनाएर पभिलियन फर्किएका थिए ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ४ : ५२ बजे