सेक्युरिटी प्रेस प्रकरण : सुनिल पौडेल र विकल पौडेल पक्राउ

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिट प्रिटिन्ङ प्रकरणमा जोडिएका विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा उनीहरुलाई बयानको लागि बोलाईएको थियो । बयानको लागि उपस्थित नभएपछि उनीहरुलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनायो ।

यसअघि दुवै जनामाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरीमा भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । २०८० असोज १५ मा अख्तियारले सुनिल पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो ।

त्यस्तै, २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो । मुद्दा दायरपछि दुवै निलम्बनमा छन् ।

बिहिबार दुवै जनालाई विशेष अदालतमा उपस्थित गराउने तयारी भएको छ ।

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ४ : २६ बजे