विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

गाजा हमलामा २१ इजरायली सैनिकको मृत्यु : सेना

जेरुसेलम । इजरायली सेनाले मङ्गलबार मध्ये गाजामा भएको आक्रमणमा २१  जना सैनिक मारिएको घोषणा  गर्दै उक्त घटना एक सय नौ  दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको जनाएको छ ।

एक पत्रकार सम्मेलनमा इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले  सैनिकहरूले दुई भवनहरू ध्वस्त पार्न विस्फोटक तयारी गरिरहेको बताउनु भएको छ ।  आतङ्ककारीहरूले सोमबार नजिकैको ट्याङ्कमा रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरे पछि समय अगावै विस्फोट निम्त्यायो जसको परिणामस्वरूप भवनहरू ढले  सैनिकहरू भित्र तथा नजिकै थिए ।

सेनाले एक विज्ञप्तिमा दुर्घटनामा पर्नेहरु २२ – ३७ वर्ष उमेरका रिजर्भ सैनिकहरू भएको बताएको छ ।

यो घटना अक्टोबर सातमा गाजामा हमास विरुद्धको युद्ध सुरु भएपछिको इजरायली सेनामाथि भएको सबैभन्दा घातक एकल आक्रमण हो । 
 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ३९ बजे