सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रधानमन्त्री क्रिकेट कप : गण्डकीलाई एक सय ९९ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिबि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनमा समेटियो ।

बागमतीका लागि आशुतोष घिराइयाले ४४ रन जोडे भने इशान पाण्डेले ४३ रन बनाए । त्यस्तै विपीन आचार्यले ३८ रन र अशोक पौडेलले ३० रन बनाए । सूर्य तामाङले १५ रन बनाउँदा कप्तान रीत गौतमले १३ रन बनाए ।   

 त्यसैगरी, गण्डकीका लागि कमल परियारले ४ विकेट लिए । यस्तै विपीन खत्री र अमृत गुरुङले समान दुई तथा सन्दीप पराजुलीले १ विकेट लिएका थिए ।
 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  २ : २३ बजे