सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रधानमन्त्री कप : एपीएफलाई हराउँदै पुलिस शीर्ष स्थानमा

भैरहवा । लगातार चौथो जितसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । आज भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा पुलिसले सशस्त्र प्रहरीलाई ५८ रनले हराएको छ । ललित राजवंशी बलिङमा चम्किदा पुलिसले मध्यम स्कोरमा पनि जित बटुलेको हो । 

पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक सय ४५ रन बनाएको थियो । पुलिसका लागि दिलीपनाथले ४४ रन बनाए भने अर्जुन साउदले ३१ र शङ्कर रानाले २२ रन जोडे । 

बलिङतर्फ सशस्त्रका भुवन कार्कीले तीन विकेट, अमर रौटेला र रमेश कुर्मीले समान २/२ विकेट लिए । १ सय ४६ रनको लक्ष्य पाएको सशस्त्रले ३४ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । सशस्त्रका लागि सन्दिप जोराले २५ रन र अमर रौटेलाले २३ रन बनाए । सशस्त्रका कप्तान रोहित पौडेल, लोकेश बम, मौसम ढकाल र रमेश कुर्मी शून्य रनमा आउट भएका थिए ।  

बलिङमा नेपाल पुलिसका ललित राजवंशीले ७ ओभरमा ४ मेडेनसहित ८ रन मात्र जोडे । राजवंशीले ५ विकेट लिदा पुलिसका अर्का बलर रशिद खाँनले २ विकेट लिए । 
 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : २६ बजे