‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नक्कली सर्टिफिकेट बनाएर जागिर खाएको आरोपमा एक डाक्टर पक्राउ

काठमाडौं ।  नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा एक डाक्टर पक्राउ परेका छन् ।सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।

प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको हो ।

उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।

उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।

​​​​​​​

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १ : ५७ बजे