मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिनुभयो ।  

मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको र शव परीक्षण लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : ५५ बजे