सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपाललाई न्यूजिल्याण्डले दियो ३०३ रनको लक्ष्य

काठमाडाैँ ।  उन्नाइस  वर्षमुनि (यु–१९) एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डले नेपाललाई जितका लागि तीन सय तीन रनको बलियो लक्ष्य दिएको छ । 

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय दुई रन बनायो । 

न्यूजिल्यान्डका स्नेहित रेड्डीले सर्वाधिक एक सय ४७ रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका रेड्डीले एक सय २५ बलको सामना गर्दै ११ चौका र ६ छक्काको मद्दतमा एक सय ४७ रन जोडेका हुन् । 

पहिलो विकेटका लागि राम्रो सुरुवात गरेको न्यूजिल्यान्डले त्यसपछि लगातार तीन विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले एक सय ५७ रनको साझेदारी गरे । 

यसैगरी कप्तान ओस्कार ज्याक्सनले ८१ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ७५ रन जोडे । टोम जोन्सले ३३, लुक वाट्सनले १४ र एलेक्स थोम्पसनले १३ रन बनाए । 

नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिँदा गुल्सन झाले दुई तथा दीपेश कँडेल, तिलकराज भण्डारी र आकाश त्रिपाठीले समान एक/एक विकेट लिए । 
 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ७ : २९ बजे