सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

यू १९ विश्वकप क्रिकेटः सुवास भण्डारीले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेटमा आज नेपाल र न्युजिल्यान्डबीच खेल भइरहेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा न्युजिल्यान्डले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।

पावर प्ले (१० ओभर) सम्म विकेटविहीन रहेको नेपालले ११ औं ओभरमा पहिलो सफलता पाएको छ । नेपालका सुवास भण्डारीले न्युजिल्यान्डका ल्युक वाट्सनलाई बोल्ड गरेका छन् । वाट्सन २५ बलमा १४ रन बनाएर आउट भए । याे समाचार तयार पार्दासम्म न्युजिल्यान्डले एक विकेटकाे क्षतिमा ११ ओभरमा ६० रन बनाएकाे छ । 

समूह डीमा रहेको नेपालले जारी प्रतियोगितामा आज पहिलो खेल खेल्दैछ । यू १९ विश्वकपमा हालसम्म नेपाल र न्युजिल्यान्डबीच दुई खेल भएका छन् । जसमा नेपाल विजयी हुँदै आएको छ । 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : ५५ बजे