सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपाली क्रिकेट टिमलाई अध्यक्ष ओलीद्वारा जितको शुभकामना

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप खेल्ने नेपाली क्रिकेट टिमलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जितको शुभकामना दिनुभएको छ ।

जारी विश्वकपमा नेपाली युवा टोलीले पहिलो खेल आज न्युजिल्यान्डविरुद्ध खेल्न लागेको हो । दुई देशबिचको खेल नेपाली समयानुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘बालकोटबाट शुभ बिहानी ! यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज न्यूजिल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । खेल प्रेमी नेपालीको मुटुको ढुकढुकी बढिरहेको छ। जितको शुभकामना !!’

जनवरी २४ तारिखमा नेपालले पाकिस्तान र तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपालसहित १६ वटा टोलीको सहभागिता छ ।  

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १२ : ५१ बजे