वीरगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

वीरगन्ज । वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ।

वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा प्रदेश २-०३-०२१ प ५४३२ नम्बरको यमहा कम्पनीको आर १५  मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्यनरत दुईजना विद्यार्थीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा नेशनल मेडिकल कलेजमा अध्यनरत बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेका छन् । 

भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयाे।

मृतक दुवैको शव घटनास्थलबाट मुचुल्का उठाएर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धानका भइरहेको उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १२ : ३३ बजे