‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रुसमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जाको विषय : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम रोजगारीको खोजीमा गएका युवा विदेशी भूमिमा मारिनु र तिनको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको प्रतिक्रिया दिएका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सरकार अनावश्यक कुरामा अलमलिनुभन्दा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नुपर्ने बताए ।

‘हाम्रा युवाहरू रूस–यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको संख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो!’ उनले लेखेका छन्, ‘सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नु अनुहार हेरेर आफैँ रमाएर बस्नुभन्दा एकसूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्।’

जनताको पक्षमा काम नगरे समयले कसैलाई नपर्खिने  उनकाे भनाइ छ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ७ : ३९ बजे