तत्पश्चात उनी शान्तिको मार्ग प्रवर्तनको लागि संघ निर्माण गर्दै अनेकन ग्राम रमण गर्दै एकदिन आफ्नै दरवारमा फर्किए l त्यहाँ पनि उनले स्वेच्छापुर्वक उनको संघमा समाविष्ट हुन चाहने परिवारजन, आफन्त र निकटस्थहरुलाई गोलबद्ध गर्दै गए l उनको संघमा समाविष्ट भएका तीनजना काका भाईहरु मध्ये जेठा देवदत्त उनीप्रति अत्यन्तै डाही र ईर्ष्यालु थिए l उनी हरबखत वुद्ध बिरुद्ध षड्यन्त्र रची रहने गर्थे l जसरी पनि बुद्धलाई संघको नेतृत्वबाट मिल्काएर त्यो पद आँफुले हत्याएरै छाड्ने एकसूत्रीय योजनाका साथ देवदत्तले थुप्रै पटक बुद्धको हत्याप्रयास समेत गरेका थिए l उनका लाख कोशिसका बाबजुद पनि बुद्ध सदैव बाँच्न सफल भइरहे l आज गौतम बुद्ध संसारभरी छरिएका हरेक मानिसका मन र मस्तिष्कमा शान्तिका प्रतिक भगवानको रुपमा विराजित छन् l
जिसस क्राइस्टकी आमाको नाम मारी थियो l समयको बक्रदृष्टिमा उनले विनाविवाह नै कसैको भुँडी बोकिन् रे ! परिणामस्वरूप उनको निधारमा पखाल्न नसकिने कलंकको टिका लागेछ l मानसिक डर र त्रास वा लाजका कारणले गर्दा उनके आँफुलाई भुँडी बोकाएर अलपत्र पार्ने त्यो धुर्तको नाम समाजको अगाडी उकेल्न सकिनन् l सुनिन्छ समाजले उनलाई त्यसपछि जोसेफ नामक एकजना पात्रको जिम्मा लगाइदियो अरे l उनै जोसेफकहाँ उनले जिसस क्राइस्टलाई जन्म दिइछन् l
समय बित्दै गएपनि उनको सतित्व विरुद्धका गाईंगुईं बन्द हुन छोडेनन् l कुरौटेहरुले उनको खास खसम जोसेफ होइन, अरु नै कोही हो भनेर ठाउँकुठाउँ कुरा काटी रहन्थे, बेश्या भनेर थुक्ने गर्दथे l यता क्राइस्टलाई पनि बेश्याको पापको चिनो भनेर अपमानजनक व्यवहार गरिरहन्थे l उनलाई होच्याउदै बारम्बार तेरो बाउ को हो भन्दै मानसिक प्रताडना दिने काम गरिरहन्थे l दुनियाँको सामु सहिसाध्य नभए पछि जिससले म ईश्वरको सुपुत्र हुँ भनेर गर्जिन थाले l
अनि त के निहुँ पाउँ कनिका बुक्याउँ भनेर बसेका दुष्टात्माहरु उनी विरुद्ध एकभएर खिटा लाग्न थालिहाले l फोस्रो आडम्बरी समाजले बिस्तारै उनलाई पर्घेल्दै र एक्ल्याउँदै गयो l उनि समाज देखि विरक्त हुन् थाले l बैरागी लुठो जोगी जस्तै भए l कोही नहुनेको साथमा ईश्वरको हात हुन्छ भने झैं जीवन भोगाईको क्रममा उनले धन्न केही सहृदयी संगाती भेट्टाए l समयको प्रवाह संगै उनीहरुको मित्रता घनिष्ट हुँदै गयो l उनीहरु एकजुट भएर शोषण, दमन, विभेद र सामन्ती संस्कार विरुद्ध आवाज उठाउन थाले l त्यहि निहुँमा जिसस क्राइस्टलाई मण्डल बनाएर राज्य र परम्परागत यहुदी धर्म बिरुद्ध षड्यन्त्र गरेको मनगढ़न्ते आरोप लगाइयो l भलै उनी रोमन साम्राज्य विरोधी थिएनन्, अन्तत: उनलाई कट्टर यहुदी धर्मभीरुहरुको उजुरीमा रोमन शासकले नै क्रुशमा टाँगेर फाँसी दिए l त्यसको विपरित सर्वसाधारणले उनलाई साँच्चिकै ईश्वर मान्न थाले l उनको नाममै क्रिस्टियन धर्म स्थापना भयो l उनकी आमा मारी र बाबु जोसेफलाई पनि देवताको रुपमा पुज्न थालियो l
रामबहादुर बम्जनको जन्म बारा जिल्लाको रतनपुरमा अति सामान्य तमाङ्ग परिवारमा भएको हो l तमाङ्गहरु जन्मजातै बौद्धमार्गी हुन्छन् l जब बम्जन बाल्यावस्था नाघेर किशोरावस्थातिर लम्कँदै थिए तव उनले एकदिन बाबुआमा, दाजुभाई, घरबार, संगीसाथी लगायत प्राप्त भौतिक सुख सुविधा त्यागेर घना जंगलभित्र प्रवेश गरे l त्यहाँ उनले महिनौं सम्म खाँदै नखाई सुत्दै नसुती घोर तपस्या गर्न थाले l बिल्कुलै बुद्धको झल्को दिने हाउभाउ र गतिविधि देखेर सारा दुनियाँ उनिदेखी चकित भयो l उनको चर्चा र परिचर्चा राष्ट्रव्यापी मात्रै नभएर अन्तराष्ट्रव्यापीरुपमा समेत भयो l
एकातिर एकाग्र ध्यान एवं योग साधना र अर्कोतिर त्यसैको प्रतिफल स्वरूप प्राप्त केही ज्ञानका कारण उनले आँफुलाई लिटिल बुद्ध कहलाए l यो पदवी उनले आफ्नो मनोमानी रहरैरहरमा धारण गरेका पनि होइनन् l यो त उनको तपस्या र सोही तपको बलबाट प्राप्त उनका ज्ञान गुणका खातिर दुनियाँले उनलाई पगरी स्वरूप गुताएका हुन् l
जनस्तरबाट एकाएक यस्तो उच्चकोटिको महिमायुक्त धार्मिक ताज प्राप्ति पश्चात त झन् अघि बढेर उनले निलो बस्त्रधारी बुद्धमार्गी (मैत्रीय) मतको स्थापना गरे l उनको मतले धेरैलाई आकर्षित गर्दै जान थाल्यो l फलस्वरूप विश्वका लगभग ६५ भन्दा अधिक देशमा उनका अनुयायीहरुले संघको स्थापना र मैत्रीय मतको प्रवर्धन गर्न थाले l
हुनसक्छ, परम्परागत गेरुवस्त्रधारी बौद्ध धर्मभीरुहरुलाई उनको यो अभियानले अनपेक्षित झड्का दियो, आहत बनायो l जब सयौं बर्ष देखि विनारोकतोक शासन गर्दै आएको एउटा स्थापित मतलाई लल्कार्दै अर्को नवीनतम मतको जन्म हुन्छ, तब अस्तित्व, श्रेष्ठता र प्रतिष्ठाका लागि एकापसमा घमासान हुन्छ l जब बम्जनले निलो वस्त्रधारी संघको निर्माण गरे, तब पहिला उनको तारिफ गरेर कहिल्यै नथाक्ने गेरुवस्त्रधारी केही भिक्षु एवं भिक्षुणीहरु उनको छायाँ छोडेर हिंडे l उनीहरुले एकाएक बम्जन र बम्जनको नविन मत परित्याग गर्नुका पछाडी रहस्य नहोला भन्न सकिन्न ? नत्र अहिले आएर तिनीहरु स्वयं नै सबैभन्दा अघिल्लो पंक्तिमा ठडिएर किन बम्जनको खेदो गर्दैछन् त ? दालमा कुछ काला हे भने झैं कतै यसमा पनि मतभेदको जहर फैलिएको छ भन्न किन मिल्दैन त ? कतै ठुला माछाले साना माछालाई आहारा बनाउँछ भने झैं हुन खोजेको त होइन ?
शुरु देखि नै नेपालमा बुद्ध धर्म माहायान र हिनयान गरि दुई धारमा विभाजित छँदैथियो l पछि महायान अन्तर्गत बज्रयानको सृजना भयो, जो विशेषगरी तान्त्रिजममा आधारित छ l पाकिस्तानको उज्ज्वैनमा जन्मेका गुरु पध्मसंभव (गुरु रिम्पोचे) बुद्ध आठौँ शताव्दीतिर धर्म प्रवर्तनको सिलसिलामा नेपाल हुँदै तिब्बत गएका थिए l तत्समय तिब्बतीहरु बोन धर्मका अनुयायी थिए l त्यहाँ गुरु पद्मसंभवले बुद्ध धर्मको प्रचार गरेको सुइँको पाए पछि तिब्बतीहरुले उनलाई लखेटे l त्यहाँ बाट भागेर नेपाल आइपुगे र काठमाण्डौको फर्पिङ्ग स्थित गुफामा घोर तपस्या गर्न थाले l अन्ततः तपस्याबाट प्राप्त तपोबल मार्फत उनले तन्त्र विद्या हाशिल गरे l अनि उनी फेरि तिब्बतमा फर्किए l त्यहाँ उनले सम्मोहन विद्ध्या मार्फत मानिसहरुलाई आफ्नो बसमा पारेर बुद्ध धर्म फैलाए l राक्षसहरुको विनाश गरेर साम्य गुम्बा निर्माण गराए l अचेल उनको मतलाई निङ्गमापा मत (धार) भनिन्छ l त्यसरी नै एघारौँ शताव्दीमा त्यहाँ काग्युपा र साक्यपा र पन्ध्रौँ शताव्दीमा आएर गेलुङ्पा मतको गठन भएको पाइन्छ l उपरोक्त मतका विकाश संगै निङ्गमापा मतका अनुयायीले रातो क्याप, साक्यपा मतका अनुयायीले पनि रातो क्याप, गेलुङ्गपा मतका अनुयायीले पहेंलो क्याप र काग्युपा मतका अनुयायीले विशेषगरी कालो क्याप लगाउने चलन चलाएका थिए l तसर्थ धर्मको विकास संगै शक्तिशाली गुरु या लामाहरुको मत स्थापना गर्नको निम्ति नयाँ धार, ह्याट र रङ्ग प्रयोग गर्नु गराउनु कुनै नौलो कुरो होइन l आपसी द्वन्द र टकरावका बाछिटा त परिवर्तनका ति हरेक कालखण्डमा पनि परेकै थिए l
प्रचलित धार्मिक मतमा राज गरिरहेका मठाधिसहरुलाई बनको बाघले खाओस्, नखाओस् मनको बाघले खानु स्वाभाविकै हो l कतै आकाशै पो खसिहाल्छ कि भन्ने पनि लाग्दो हो l आफुले अपनाएको धर्म र मतको अस्तित्व कतै लोप पो हुने हो कि भन्ने डर पनि लाग्दो हो l तसर्थ उनीहरु झस्किनु र तर्सिनु अनौठो नहोला l कतै त्यहि मनको डरले गर्दा ती त्रसित आत्माहरुले अनेक तानाबाना बुनेर लिटिल बुद्ध पथ भत्काउने कुचेष्टा लिएर बम्जन बिरुद्ध फरेब र षड्यन्त्र त गरेका त छैनन् ? तस्वीर अझै धमिलै छ l देख्दा यस्तो लाग्छ कि, कसै न कसैको दुर्नियतले बम्जनलाई पुत्पुत्ती लखेटीरहेको छ l
हात्तिको खाने दाँत एउटा र देखाउने दाँत अर्को भए जस्तै बमजनको पनि अर्को रुप पो छ कि ! कतै उनलाई साँच्चिकै भुक्तभोगी पीडितहरु द्वारा नै पो हो कि त्यस्तो संगिन आरोप लगाइएको ? कसलाई के थाहा ? सत्यतथ्य खुल्न बाँकी नै छ l यहि त्यसो हो भने उनि छद्मभेषी पाखण्डी सावित हुने छन् l
तर सरसर्ती हेर्दा उनको मतको अनुयायी थिएँ भन्नेहरुले नै सबैभन्दा बढी चिच्याएर उनलाई अपराधी करार गराउन परस्त्रीसँग काम बासनामा रमाएको, अपहरण, बलात्कार र हत्या गरि लास समेत गाएब बनाएको जस्ता संगीन आरोप बारम्बार किन सामाजिक संजाल मार्फत लगाइरहेका छन् त ? किन र कसको बलमा सार्बजनिक मिडिया मार्फत चिच्याइरहेका छ्न् त ? कतै बम्जनको प्रख्याति देखि भित्रभित्र जलेका भिन्न धर्म वा मतवालाहरुले उनलाई जसरी नि सिध्याउने गुरुयोजना बनाएर उनको संघमा पहिला नै अनुयायीको रुपमा आफ्ना भाडाका टट्टूहरुलाई घुसाएका थिए ? आज तिनीहरुलाई नै तिनैले त्यहाँबाट अलग्याएर चिच्याउन लगाइरहेका त छैनन् ? बुझ्न गाह्रो छ l
जेसुकै होस्, अन्तत: नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएर सत्यतथ्यको अनुसन्धान गरिरहेको छ l आशा गरौँ अनुसन्धानमा कुनै जात, धर्म र शक्तिको कालोछायाँ पर्ने छैन, ढिलोचाँडो जस्ताको तस्तै यथार्थ चित्रण जनसमक्ष आउने नै छ l
हुनत आन्तरिक र बाह्य दुवै शक्तिको दबाब थेग्न नसकेर नेपाल सरकारले उनलाई पक्डिएको हो र उनलाई उन्मुक्ति दिने कुनै गुन्जाइस नै छैन भन्नेहरुको पनि हल्लाको बजारमा कमी छैन l
हल्लाको बजारमा जे जे किनबेच भए पनि अब न्यायालयको अन्तिम फैसला कुर्नु नै मनासिब हुन्छ l फैसला बम्जनको पक्षमा आएको खण्डमा त उनी स्वतह पावन कहलिए नै भए l उनलाई हिरासतमा लिने क्रममा उनीबाट बरामद भएको करोडौं धनरासीको सन्दर्भमा पनि एउटा विशेष तर्क स्थापित हुन सक्ने छ कि मूर्तिलाई भगवान मानेर भेटीको रुपमा पैसा चढाउँदा दुनियाँ जति आनन्दित हुन्छ, त्यो भन्दा कैंयौं गुणा बढी ईश्वरको प्रत्यक्ष दर्शन गर्न पाएको मुहूर्तमा हर्षविभोर भएर दर्शनार्थीहरुले स्वेच्छाले चढाएको दान, दक्षिणा, भेटी आदि द्रब्यधनको रासलाई कानुनत गैर आम्दानी मानिने छैन भन्ने भट्टीका राजनीतिज्ञ र सडकछाप मान्छेका असरल्ल बोली र छित्रिएका तर्कहरु खासगरी अनुचित होइनन् भन्ने फैसला आउन पनि कत्ति असम्भव छैन l
कदाचित उनी दोषी ठहरिए भने उनीबाट जफत भएको धनराशी पनि राष्ट्रिय ढुकुड़ीमा जम्मा हुने कुरामा दुईमत छैन l तैपनि उनका अनुयायी, समर्थक र शुभचिन्तकहरुले अदृश्य शक्तिको दबाबमा परेर सरकारले अदालतसंगको मिलोमतोमा बम्जनलाई फँसायो, वैदिक मैत्रीय संघमाथि गिद्धेदृष्टि डाल्यो भन्दै कोकोहोलो मच्चाउने छन् l अनि उनका अनुयायीहरुले उनलाई जनस्तरमा सिद्ध सावित गराउन लागे र पुगे सम्म कुनै कसर बाँकी राख्ने छैनन् l तर मुद्धाको नतिजा जे जस्तो आएपनि बम्जनलाई लिटिल बुद्धको सक्कली प्रमाण पत्र भने तत्कालै मिल्ने छनक देखियो l
अर्कोतिर प्रजात्रन्त्रको पुनर्स्थापना पश्चात केहि शक्तिशाली पश्चिमा मुलुकहरुको अदृश्य आर्थिक लगानीमा नेपालमा इसाईकरणको महाअभियान दिन दुगुणा रात चौगुणा बढ्दै गएको छ l उनीहरु विशेषगरि अनपढ र अशिक्षित बर्ग, दलित, जनजाति र तामाङ्ग समुदाय भित्र अनेक खालका लोभ, लालच, भ्रम र अन्धविश्वासका बिस्कुन छरेर घुसिरहेका छन् l अझ भन्ने हो भने उपल्लो भेग विशेषगरी रसुवा, धादिंग आदि जिल्लाका केहि तामाङ्ग बस्तीहरु त यसको घोर चपेटामा नराम्ररी फसिसकेका छन् l पूर्वी भेगका राई लिम्बु समुदाय भित्र पनि यसको प्रकोप बढेको छ l कुनै सोझो मान्छे रुघाखोकी एवं ज्वरोको कारणले बिमारी परेको थाहा पाइहालेमा तिनका पादरीहरु त्यहाँ गइ एक गिलास पानीमा कसैले नदेख्नेगरी सिटामोलको एउटा टब्लेट घोलेर यशुको अमृतजल भन्दै विमारीलाई घुटुक्क पिलाई दिने अनि सन्चो लागेपछि यशुको कृपाले गर्दा तिमीलाई सन्चो भएको हो भन्दै अब उप्रान्त यशुको मार्गमा नहिंडेमा तिम्रा घर, परिवार, नातागोता एवं जग्गाजमीन सबै सखाप हुनेछ भन्ने खालका भ्रमपूर्ण डर, त्रास र अन्धविश्वासमा सोझासीधाहरुलाई जक्ड्याएर ईसाई धर्म फैलाउने तुच्छ र निन्दनीय शैली नेपालमा अपनाइएको देखिन्छ l हुनत प्रचारको यो तरिका मध्ययुगिन शैली जस्तो बर्बर त छैन, तर यसले पनि आजका मानवलाई भावनाको जेलखानामा जबर्जस्त बन्दक बनाएको हेरिसाध्य छैन l यो कुनै एकादेशको कथा होइन, यो त एक्काइसौँ शताब्दीका नेपालीले आफ्नै आँखा अगाडी देखेको र भोगेको सत्यकथाको एउटा दृष्टान्त मात्रै हो l
शिक्षा र चेतनाको हिसाबले अलि पछि परेका तामाङ्ग जातिका सन्तान नै बौद्ध गुरु बनेमा आफ्नो महाअभियानमा खलल पुग्ने आशंकामा तिनै इसाईकरणका लगानीकर्ता, पादरी र केही स्थानीय धर्मछाडा विधर्मी दलालहरुको प्रपन्चमा नै कतै बम्जनलाई फसाउन खोजिएको त होइन ? आँफै बोक्सी आँफै धामी हुने बहुरुपीयाहरुको के भर हुन्छ र ! आफ्नो निहित मकसदको कडीको रुपमा सबभन्दा पहिला राम बहादुर बम्जनलाई हरतरहले दोषी करार गराउने अनि हत्तनपत्त पानी माथि ओभानो बनेर गोहीको आँशु झार्दै अरु भन्दा पहिला नै सो सम्प्रदायको विच्छिप्त मनोभावनामा प्रवेश गरि सान्त्वना दिएजस्तो गर्दै तिनको मन जित्ने नौटंकी पनि हुन सक्दछ l अनि त्यो सम्प्रदायलाई आपनो ईशारा बमोजिम औंलामा नचाएर बाहुन, क्षेत्री, ठकुरी, दशनामी लगायतका सम्पूर्ण हिन्दु धर्मावलम्बी जातजातिहरु बिरुद्ध भड्काउँदै लगेर पछाडी फर्कनै नमिल्ने स्थानमा ठेलेर कालान्तरमा आफ्नो धर्मतिर खिच्दै जाने नियोजित योजना पनि नहोला भन्न सकिन्न l फुटाउ र राज गर भन्ने सिद्धान्त बोकेर हिंडेका देशी विदेशी विधर्मीहरुले नेपालबाट सम्पूर्ण वैदिक सनातनी ओमकार परिवारलाई यसै गरि सिध्याएर जेजुको राज्य स्थापना गर्ने खुपिया चाल पनि सफल नपार्लान भन्न सकिन्न l बाँकी राम जाने l
प्रकाशित मिति : ६ माघ २०८०, शनिबार ३ : ४६ बजे
प्रतिक्रिया