‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मदन भण्डारी कलेज र टङ्कप्रसाद आचार्य मेमोरियल फाउन्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेज र टङ्कप्रसाद आचार्य मेमोरियल फाउन्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सरोकारवालाहरूसँगको संलग्नतालाई सुदृढ गर्ने निरन्तर प्रयासस्वरुप मदन भण्डारी मेमोरियल कलेजले टङ्कप्रसाद आचार्य मेमोरियल फाउन्डेसनसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । आज (शुक्रबार)समझदारी पत्रमा कलेजका क्याम्पस प्रमुख डा।बाबुराम अधिकारी र टङ्कप्रसाद आचार्य फाउन्डेसनका अध्यक्ष सुशील प्याकुरेलले हस्ताक्षर गर्नुभएको थियो ।

यस समझदारी पत्रमा हस्ताक्षर गर्नाले विपन्न परिवारका विद्यार्थीहरूलाई शिक्षामा पहुँच पुर्‍याउन संस्थाहरूबीच सहकार्यको बाटो खोलेको छ । थप रूपमा, यसले ज्ञान उत्पादन र आदानप्रदानको क्षेत्रमा साझेदारी स्थापित गर्ने क्याम्पस प्रमुख अधिकारीले बताउनुभयो ।

त्यस्तै, समझदारीपत्रमा हस्ताक्षरपछि डा अधिकारी र प्याकुरेलले दुबै संस्थाका अधिकारीहरूबीचको संयुक्त बैठकले अनुसन्धानसम्बन्धी पहल, छात्रवृत्ति योजना र छलफल श्रृङ्खलामा सहकार्यका विषयमा छिट्टै टुंगो लगाउने बताउनुभयो । दुबैजनाले आगामी दिनमा यो सहकार्यलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ५ : १७ बजे