चितुवाको आक्रमणले एक महिला घाइते

बाँके । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–९ ढकेलाकी एक महिला चितुवाको आक्रमणमा परि घाइते हुनु भएको छ । सोही पालिका–१० स्थित कुलनाथ सामुदायिक वननजिकै रहेको बैदी गाउँतर्फ आउँदै गर्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमणमा बारबर्दिया–९ कि २८ बर्सिया शर्मिला चौधरी घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनु भएको छ ।

उहाँको अनुसार घाइते चौधरिको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ४ : ११ बजे