‘एउटै नाउरको सिकार गर्न २३ लाख’

विश्वविद्यालय वैज्ञानिक आविष्कार र अनुसन्धानमा केन्द्रित हुनुपर्छ : अध्यक्ष ओली  

सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रको रूपमा विकास गर्नु पर्नेमा जोड दिनुभएको छ । 

आज सुर्खेतको वीरेन्द्रनगर स्थित मध्यपश्चिम विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले

विश्वविद्यालयलाई वैज्ञानिक आविष्कार र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गर्नु भएको हो । 

उहाँले शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या बन्दै गइरहेको बताउँदै देशभित्रै उद्यमशील वातावरण निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने शिक्षाका पाठक्रम निर्माण गर्नेतर्फ प्राध्यापकहरूले ध्यान दिन सुझाव दिनुभयो । नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलका लागि विश्वविद्यालय तहमा अध्ययन, अनुसन्धान जरुरी रहेको उहाँको भनाई थियो । आजै अध्यक्ष ओलीले विश्वविद्यालयको डिजिटलाइजेशन एन्ड अटोमेशन सिस्टम र कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थानको भवन समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साथै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँग केपी शर्मा ओली विषयक अन्तरक्रिया कार्यक्रम समेत राखिएको विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ३ : २६ बजे