दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एकैपटक पाँचवटा लोकसेवाको परीक्षामा उत्तीर्ण भएकी मनीषालाई एमाले अध्यक्ष ओलीले दिनुभयाे बधाई

​​​​​​​काठमाडौं । एकै पटक पाँचवटा लोकसेवा परीक्षा उत्तीर्ण गर्न सफल गुल्मी धुर्कोट गाउँपालिका-३ की मनीषा जिसीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिनुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत मनीषालाई बधाई दिनुहुँदै अब कामको सफलताको शुभकामना पनि दिनुभएको हो । मनीषाको सफलताले मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिएको ओलीले उल्लेख गर्नुभएको छ । 

‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरुमा पढें। यो सुखद् खबर हो । मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना !’ उहाँले लेख्नुभएको छ ।

मनीषाले लोकसेवा आयोगद्वारा लिइएका विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गर्नुभएको हो ।

​​​​​​​

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १२ : ३७ बजे