‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोप लागेका बुबा पक्राउ

सुर्खेत । सुर्खेतमा छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोप लागेका बुबा पक्राउ परेका छन् । ४५ वर्षीय उनलाई प्रहरीले कैलालीको टीकापुरबाट बिहीबार बिहान पक्राउ गरेको हो ।

छोराको हत्या गरेर भारततर्फ भाग्दै गरेका उनीमाथि २ माघमा आफ्नै  छोरालाई  बञ्चरो प्रहार गरी हत्या गरेको आरोप छ । त्यसअघि उनले आफ्नै छोरीको बलात्कार गरेको आरोप छ ।

हत्या गरेर फरार रहेका उनलाई पक्राउ गर्न संघीय प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदी, प्रदेश प्रहरी कार्यालय सुर्खेतले वरिष्ठ नायव निरीक्षक नारायण शर्माको कमाण्डमा टेकराज पराजुली, नवीन योगीसहितको टोली खटाएको थियो भने जिल्ला प्रहरी कर्याालयले प्रहरी हवल्दार टीकाराम आचार्यलाई खटाएको थियो । प्रहरी स्रोतका अनुसार प्रारम्भीक बयानका क्रममा उनले छोराकाे हत्या गरेकाे स्वीकार गरेका छन् । 

‘मिलापत्रका लागि बोलाएकाले भारतबाट आएको थिएँ,’ उनले प्रारम्भिक बयानमा भनेका छन्, ‘घरभित्र पस्दा छोरा–छोरीले कुटपिट गर्ने डरले बाहिरै बसिरहेको बेला उनीहरु बाहिर निस्के त्यहीँ बेला बञ्चरो र हँसियाले आक्रमण गरेको हुँ ।’ उनले हसियाँमा रगत लागेकाले धोएर घरभित्रै राखेर आफू भागेको बताएका छन् ।

बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही कारण उनको हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको थियाे । उनलाई टिकापुर कैलालीबाट सुर्खेत ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता,प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १२ : २० बजे