काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन उद्घाटनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
आज भवनको उद्घाटन हुन थालेपछि राजनीतिक दलहरुबिच विवाद उत्पन्न भएको हो ।
एउटै भवन दुई पटक उद्घाटन गर्न लागिएको भन्दै एमालेले विरोध गरेको छ ।
एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले २०७८ साल चैत १४ गते उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर वीरेन्द्र भट्टले आज उद्घाटन गर्ने कार्यक्रम राख्नुभएको हो ।
एमालेले प्रशासनिक भवनको उद्घाटन गर्न नदिने भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ ।
प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार ११ : ०६ बजे
प्रतिक्रिया