‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ 

सल्यान । सल्यानमा १९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।, जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ४ डोप्केका २४ वर्षीय राम बहादुर बुढाथोकीलाई १९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

पुस २९ गते दिउँसो घरमा कोही नभएको मौका पारी बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको भन्दै  पीडितकी आमाले  मङ्गलवार लिखित जाहेरी दिएपछि बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । 

पीडित र प्रतिवादी दुवैको सल्यान जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरी सल्यान जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको उहाँको भनाई छ । 

 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ७ : १२ बजे