सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि

काठमाडौं । दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि सुरु हुने भएको छ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगता फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने जनाएको हो। 

प्रतियोगिताको फाइनलवाहेकका अन्य खेलहरु एन्फा टेक्निकल मैदान च्यासलमा खेलाइने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालको ‘ए’ डिभिजन क्लबका अतिरिक्त विदेश टोलीको समेत सहभागिता रहने पनि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयाे। 

प्रतियोगितामा बिजयी टोलीले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्रदान गरिने उहाँले बताउनुभयाे। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले युवा संघले जनाएको छ। 

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ भने हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष थेबेले खेलकुदको विकासका लागि चासो जगाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयाे।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरिएको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ। 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ७ : ०८ बजे