दाङको दमारगाउँ जङ्गलमा महिला पुरुष झुन्डिएको अवस्थामा फेला

 दाङ ।  दाङकाे तुलसीपुर दमारगाउँस्थित जंगलमा एउटै रुखमा झुण्डिएको अवस्थामा एक महिला र पुरुषको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले करिब तीन चार दिन अगाडि उनीहरुले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने आशंका ब्यक्त गर्नु भयाे ।

स्थानीयले एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका महिला र पुरुषलाई देखे पछि प्रहरीलाई खवर गरेका थिए । राप्ती राजमार्ग अन्तरगत तुलसीपुर अमेलिया सडक खण्डको तुलसीपुर उपमहागनरपालिका – १३ दमारगाउँमा सडक खण्डको झन्डै एक किलोमिटर भित्र जंगलमा महिला पुरुषको शव फेला परेको हो ।

घटनाबारे थप अनुसन्धान भइ रहेको घटनास्थलमा रहेका  इप्रका तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयाे ।

अन्दाजी २५ / २६ बर्षका जस्ता देखिने उनीहरुको पहिचान हुन नखुलेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : २४ बजे