गौशाला-२६ को तस्वीर सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं । गौशाला-२६ (परिवर्तित नाम) को तस्वीरहरु सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

राईमाथि विद्युतीय अपराध ऐन अनुसारको कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

क्रिकेटर सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पिडीत गौशाला-२६ ले आफ्नो पहिचान खुलाउने प्रयास गरेको भन्दै र ब्युरोमा उजुरी दिएकी थिईन् ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बलात्कारको कसूरमा दोषी ठहर गर्दै ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडितको विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

साइबर ब्युरोले यसबारे अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिहरूको खोजी भइरहेको बताएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ४ : ४५ बजे