कैलालीमा रुखबाट खसेर १९ वर्षीया किशाेरीकाे मृत्यु

कैलाली ।  कैलालीमा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ । घो

डाघोडी नगरपालिका– ८, सुखडकी १९ वर्षीया राधा थापाको रुखबाट खसेर मृत्यु भएको हो । 

घोडाघोडी नगरपालिका– ८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्ने क्रममा रुखबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  २ : २८ बजे