काठमाडौँ ।नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा १ हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ११ : २२ बजे
प्रतिक्रिया