साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं । आज बिहान काठमाडौं उपत्यकाको तापक्रम पाँच डिग्री सेल्सियस मापन भएको छ ।

आज बिहान साँढे ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियससम्म पुगेको थियो ।

मंगलबार राति कोशी, बागमती गण्डकी प्रदेशका उच्च पहाडी जिल्लाका केही ठाउँमा हिमपात र हिउँदे वर्षा भएको विभागले जनाएको छ । उच्च पहाडी स्थानमा भएको हिमपात र वर्षाका कारण चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकोले आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ । साथै, तराई भू–भागमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ९ : १४ बजे