‘एउटै नाउरको सिकार गर्न २३ लाख’

चितवनमा १० महिनापछि देखियो कोरोना

चितवन । चितवनमा १० महिनापछि कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

निमोनियाका कारण उपचारका लागि अस्पताल आउनुभएका वृद्धको कोरोना परीक्षणका क्रममा संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालमै राखी उपचार सुरु गरिएको सूचना अधिकारी पाैडेलले बताए ।  साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उनकाे भनाइ छ ।

जिल्लामा १० महिनापछि पुनः कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । जिल्लामा पछिल्लोपटक गत चैतमा कोरोना संक्रमण देखिएको थियो । 

कोरोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ । कार्यालयले कोरोना संक्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, साबुन पानीले हात धुन सुझाव दिएको छ । 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ६ : ३३ बजे