नेपालगन्ज। बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
राप्तीसोनारी–५ चिलरियाको भित्री खण्डमा बैजापुरदेखि चिलरिया जाँदै गरेको भे ७ प २८९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ठाकुरसिंह थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भरत बादीले चलाएको मोटरसाइकलको पछाडि बसेका थारुलाई गम्भीर चोट लागेपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २ माघ २०८०, मंगलबार १ : ३२ बजे
प्रतिक्रिया