दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

वर्तमान सरकारको कारण नेपालको अर्थतन्त्रमा गुणात्मक सुधार आयाे : प्रधानमन्त्री दाहाल

अर्घाखाँची ।  प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको प्रयासका कारण नेपालको अर्थतन्त्रमा गुणात्मक सुधार आएको दाबी गरेका छन्। 

नेपाल पत्रकार महासंघले सन्धिखर्कमा गरेको पर्यटन प्रवर्द्धन कार्यक्रमको उदघाटन गर्दै प्रधानमन्त्री दाहालले  आफूले कार्यभार सम्हाल्दा नेपालको अर्थतन्त्र निकै त्रासदीपूर्ण रहेको र धेरै चुनौतीहरुको सामना गर्नुपरे पनि अवस्था फेरिएकाे बताए । 

प्रधानमन्त्री दाहालले मानिसमा अर्थतन्त्र डुब्यो भन्ने आतंक, संशय पनि जनतामा रहेको र एक वर्षसम्मको अनवरण प्रयासबाट देश र जनता समक्ष विद्यमान चुनौतीहरु सम्बोधन हुँदै क्रमश सकारात्मक दिशातर्फ अगाडि बढिरहेको बताए ।

अघिल्लो वर्ष आर्थिक संकटका कारण सार्वजनिक मेला महोत्सवहरू विरलै भएको उल्लेख गर्दै दाहालले यस वर्ष अभियानकै रूपमा महोत्सवहरू हुन थाल्नु अर्थतन्त्र सुधारका दृष्टिले शुभ संकेत भएको बताए

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : १८ बजे