एमाले अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्ति र माघीको शुभकामना दिनुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत  माघे सङ्क्रान्ति र माघीको शुभकामना दिनुभएको हो । 

उहाँले लेख्नुभएको छ,’सबैको जीवनमा घिउ–चाकुझैँ मिठास छाओस्, तिलका सहस्र दानाझैँ सफलता बढ्दै जाओस्। आज पूर्वदेखि पश्चिमसम्म विभिन्न संस्कृति अनुसार ढिकरी, भक्का, तरुल र सख्खरखण्डजस्ता खनिज परिकार खाइन्छ। माघे सङ्क्रान्ति अनि माघीको शुभकामना !’

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ । 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : २७ बजे