साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सम्सी गाउँपालिकामा वडा अध्यक्षहरुद्धारा तालाबन्दी

 महोत्तरी  । महोत्तरीको सम्सी गाउँपालिकाका वडा अध्यक्षहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्नुभएका छन् । कार्यपालिका बैठककालागि पत्राचार गरे पनि बैठक बस्न नसकेको र गाउँपालिकाका प्रमुख रामनाथ यादव तथा प्रमुख प्रशासकीय अधिकृत गणेश चन्द्र मिश्र मिलेर मनोमानी गरेको भन्दै ५ जना वडा अध्यक्षहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्नुभएको  हो ।

वडा अध्यक्षहरूले विज्ञप्ति निकाल्दै गाउँ सभा विशेषसभाको रेडबुक सार्वजनिक गर्नुपर्ने, आर्थिक वर्ष ०७९/८० र आर्थिक वर्ष ०८०/८१ को खर्च विवरण सार्वजनिक गर्नु पर्ने, कार्यपालिका बैठक यथाशीघ्र बस्नु पर्ने, गाउँपालिकामा कार्यरत ज्यालादारीका कर्मचारीको विवरण सार्वजनिक गर्नुपर्ने र प्रशासकीय अधिकृतको तत्काल सरुवा गर्नु पर्ने माग राख्दै गाउँपालिकाको कार्यालयमा आइतबार तालाबन्दी गर्नुभएको हो । 

पुस ५ गते गाउँपालिकाको कार्यपालिका बैठक सम्बन्धमा गरिएको पत्राचार पत्रमै समिति रहेको र प्रमुख प्रशासकीय अधिकृत गणेश चन्द्र मिश्र लामो सम देखि कार्यालयमा उपस्थित नभएको भन्दै वडा अध्यक्षहरूले तालाबन्दी गरेको वडा नं. २ का वडा अध्यक्ष शेष अंजारेले बताउनुभयो  ।

गाउँपालिका कार्यालयमा नआएर जनकपुर बसेर प्रमुख प्रशासकीय अधिकृत काम गर्दै आइरहनुभएको छ । कार्यालयमा नआउँदा गाउँपालिकाको योजनहरू कार्यान्वयन हुन सकेको छैन । अधिकृत कार्यालय नआउँदा समस्या भएको भन्दै वडा अध्यक्षहरू जिल्ला प्रशासन कार्यालय महोत्तरीको ध्यानाकर्षण गराउनुभएको र समस्या समाधानकालागि कुनै पहल नभएपछि तालाबन्दी गर्नु परेको वडा अध्यक्षहरूले बताउनुभयो।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : २० बजे