‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौंको महाबौद्धबाट दुईजना हुण्डी कारोबारी पक्राउ

काठमाडौं। नेपाल राष्ट्रबैंकबाट जारीभ एको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुई जना पक्राउ परेका छन्। 
काठमाडौं महानगरपालिका–२२ महाबौद्ध क्षेत्रमा भिमसेन गौतमसमेतका व्यक्तिहरुले हुण्डीमार्फत् कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। 

उनीहरुको खोजतलास गर्दै जाँदा बिहीबार ४ बजेतिर नियन्त्रणमा लिएर उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ। 

पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–५ का ३९ वर्षीय भिमसेन गौतम र चितवनको राप्ती नगरपालिका–४ घर भएका ४२ वर्षीय राजु गौतम रहेका छन्। 

अनुसन्धानका क्रममा भिमसेनको साथबाट एक हजार दरका ६ सय थान नेपाली नोट ६ लाख र पाँच सय दरका ४ सय थान दुई लाख गरी जम्मा ८ लाख रुपैयाँ फेला परेको छ। 

यस्तै राजु गौतमको महाबौद्धस्थित कुमारी आर्केटको २०२ नम्बरको राधाकृष्ण जनरल स्टोरबाट विभिन्न बैंक तथा सहकारीहरुको १७ वटा चेकमा उल्लेखित रकम  ७ लाख ९७ हजार फेला परेको छ। उनको स्टोरबाटै नेपाली एक हजार दरको ३९ थान र ५ सय दरको १०७२ थान नोट ५ लाख ३६ हजार फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : ०२ बजे