दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

इस्पोर्ट एकेडेमी इण्डियाले नयाँ दिल्लीमा “अन्तर प्रवासी नेपाली भलिबल प्रतियोगिता-२०२४” आयोजना गर्दै

​​​​​​​काठमाडौँ – मदन भण्डारी फाउन्डेसन अन्तर्गत सञ्चालित मदन भण्डारी इस्पोर्ट एकेडेमी इण्डियाले छिमेकी राष्ट्र भारतमा "अन्तर प्रवासी नेपाली भलिबल प्रतियोगिता-२०२४" आयोजना गर्ने भएको छ ।

सबैका लागि खेलकुद भन्ने भावनालाई आत्मसात् गर्दै 'खेल र खेलाडीलाई उच्च सम्मान' भन्ने मूल नाराका साथ भारतीय गणतन्त्र दिवसको अवसरमा सन् २०२४ को जनवरी २६ देखि २८ सम्म भारत भरि छरिएर रहेका नेपाली भलिबल प्रेमी खेलाडीहरूलाई एकीकृत गर्ने उदेश्यले सेक्टर – ७ आरके पुरम, नयाँ दिल्ली (मलाई मन्दिर पार्क) मा  “अन्तर प्रवासी नेपाली भलिबल प्रतियोगिता-२०२४” आयोजना गर्न लागेको हो ।

मदन भण्डारी इस्पोर्ट एकेडेमी इण्डियाका  इन्चार्ज तथा संस्थापक गोपाल थापाले २६ देखि २८ जनवरी २०२४ मा सेक्टर – ७ आरके पुरम, नयाँ दिल्ली (मलाई मन्दिर पार्क) मा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । इन्चार्ज तथा संस्थापक थापाले उक्त खेलमा दिल्ली एनसीआर लगायत भारत भरि रहेका नेपाली भलिबल प्रेमी खेलाडीहरूले सहभागिता जनाउने बताउनु भयो ।

मदन भण्डारी इस्पोर्ट एकेडेमी इण्डियाले वैधानिकता पाएसँगै विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

एकेडेमीका इन्चार्ज थापा र उपाध्यक्ष पदम गाहाले नेपाली राजदूतावास नयाँ दिल्लीलाई खेलकुद कार्यक्रममा उपस्थिति जनाइदिन निमन्त्रणा समेत गरेको छ। भलिबल खेलको उद्घाटन र समापनमा नेपाली दुतावासको तर्फबाट समेत उपस्थिति रहने उपाध्यक्ष पदम गाहाले बताउनुभयो ।

दिल्ली एनसीआर लगायत भारत भरि छरिएर रहेका नेपाली भलिबल प्रेमी खेलाडीहरूलाई सहभागिता जनाउन इस्पोर्ट एकेडेमी इण्डियाले अनुरोध गरेको छ।

 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : ५९ बजे