कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गयो : डब्ल्यूएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ।

कोभिड–१९ को पुष्टि गरिएका घटना सार्वजनिक भएभन्दा दुईदेखि १९ गुणा बढी रहेको महामारी तथा संक्रमण रोकथामका निम्ति जिम्मेवार विश्व स्वास्थ्य संगठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएकी हुन् ।

५० देशबाट अझै पनि प्रतिमहिना करिब १० हजारजनाको कोरोना–सम्बन्धित मृत्यु हुने गरेको रिपोर्ट गरिएको छ ।

भान केरखोभले भाइरसको विकसित प्रकृतिका बारेमा चिन्ता व्यक्त गर्दै  कोभिड–१९ को पछिल्लो संस्करणले विश्व स्वास्थ्य संगठनद्वारा विश्लेषण गरिएको विश्वव्यापी अनुक्रमको लगभग ५७ प्रतिशत प्रतिनिधित्व गर्ने बताएकी छन् ।

डिसेम्बर २०२३ को अन्त्यसम्ममा ७० लाखभन्दा बढी कोभिड–१९ संक्रमणपछि मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : ५२ बजे