‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

हेटौंडामा आफ्नै भाइले दाजुलाई पेट्रोल छर्केर आगो लगाए

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एक जना भाइले आफ्नै सहोदर दाजुलाई पेट्रोल छर्केर आगो लगाएका छन् ।

आज शनिबार दिउँसो हेटौंडा-४ चिल्ड्रेन पार्क गर्दोइ बस्ने २८ वर्षीय रवि गिरीले आफ्नै दाजु ३२ वर्षीय कुमार गिरीलाई पेट्रोल छर्की आगो लगाएका हुन् ।

मादक पदार्थ सेवन गरी विवाद हुँदा रविले आफ्नै दाजुको शरीरमा पेट्रोल छर्की आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताउनुभयो । उहाँका अनुसार गम्भीर घाइते कुमारलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा थप उपचारको लागि चितवन रिफर गरिएको छ ।

पेट्रोल छर्की आगो लगाउने रविलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : ०२ बजे