‘एउटै नाउरको सिकार गर्न २३ लाख’

विश्वका ४० देशमा फैलियो कोरोना संक्रमणको नयाँ भेरियन्ट जेएन.१

काठमाडौं। नेपालमा कोरोना भाइरसको नयाँ सब-भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । चिकित्सकका अनुसार जेएन डट वान ओमिक्रोन भेरियन्टको नयाँ स्वरूप हो।

विश्व स्वास्थ्य सङ्गठन (डबलुएचओ) का अनुसार कोरोनाको नयाँ सब-भेरियन्ट जेएन डट वान हालसम्म नेपाल सहित विश्वका ४० भन्दा धेरै देशमा फैलिसकेको छ ।

नेपालमा कोरोनाको नयाँ सब-भेरियन्ट पहिलेको जस्तै फैलिने हो की भन्ने धेरैले आशङ्का छ । डबलुएचओले पनि यो भाइरसलाई कम घातका रूपमा वर्गीकरण गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडको बिरामीको भर्ना र उपचार गराउने बिरामीको दर बढ्दै गएको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले अस्पतालमा पछिल्लो समय ज्वरो आउने, खोकी लाग्ने, नाकबाट बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान लाग्ने जस्ता लक्षण लिएर बिरामी आउने गरेको जानकारी दिए ।

उनि भन्छन,“पछिल्लो समय रुघाखोकी, खोकी लाग्ने, नाकबाट बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान लाग्ने जस्ता लक्षण लिएर अस्पतालमा आउने गरेका छन् । यस्ता लक्षण सबै भाइरसजन्य रोगमा हुन्छ जाँच गरेपछि मात्र कोरोना हो या होइन पत्ता लगाउन सकिन्छ”

ज्वरो आउने, खोकी लाग्ने, नाकबाट बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान हुने यो भेरियन्टका मुख्य लक्षण हुन् ।

यो भाइरस धेरै सङ्क्रमण भएपनि कम घातक भएको डा.पुन बताउछन् । तर,जोखिम वर्ग ज्येष्ठ नागरिक, गर्भवती महिला, स्वास्थ्यकर्मी,रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो भाइरसको जोखिम बढी भएको उनको भनाई छ ।

उनि भन्छन ,“वृद्धवृद्धा,दीर्घरोगी,गर्भवती रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा या रोग घातक हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्छ ।”

वृद्धवृद्धा,दीर्घरोगी,गर्भवती रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई रोगको जोखिम कमगर्न कोरोना विरुद्धको खोप लगाउन चिकित्सकको आग्रह छ ।

पहिलाको जस्तो अवस्था आउँदैन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नेपालमा काेरोना सङ्क्रमण पुन देखिन थालेपनि पहिलेको जस्तो अवस्था नआउने बताउछन् ।

उनि भन्छन , “कोरोना कालमा बनाएको मापदण्ड छ, पुराना संरचना छन् । कोभिडको बेलामा खटिएका स्वास्थ्यकर्मी, प्रयोगमा आएका स्वास्थ्यका सामग्रीहरू रहेका छन् पुन सञ्चालनमा ल्याउन सकिन्छ। त्यसैले पहिलेको जस्तो अवस्था आउँदैन।”स्वास्थ्य तथा प्रवक्ता डा.बुढाथोकीले रोगप्रतिरोधात्मकलाई कोरोनाको जोखिमबाट बचाउन जनस्वास्थ्यका मापदण्ड पालना गर्न डा.बुढाथोकीले आग्रह गरे ।

उनि भन्छन , “जोखिम समूहलाई कोरोना सङ्क्रमण हुनबाट बचाउन रुघाखोकी लागेका मानिसलाई भिडभाडमा नजान र जानै परेमा भौतिक दूरी कायम गर्न, मास्क प्रयोग गर्न, र साबुनपानीले हात धुन पर्छ ।”

जुनै पनि महामारीसँग जुध्न मन्त्रालय तयार छ

कोरोना फैलिहालेमा यसको नियन्त्रण गर्न सरकार मन्त्रालय तयारी अवस्थामा रहेको उनले दाबि गरे ।

उनका अनुसार मन्त्रालयले नयाँ सब-भेरिएन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल प्रवेश बिन्दुमा सम्पूर्ण हेल्थ डेक्सहरु, स्वास्थ्य कार्यालयहरूमार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन निर्देशन दिइसकेको जानकारी दिए ।

साथै यदि सङ्क्रमण फैलिसक्यो भनेपनि पहिलेकै निर्देशिका रहेकाले उपचारमा समस्या नहुने उनको भनाई छ । पहिले कोरोनाको समयमा बनाएका सबै संरचना रहेको र अनुभवी चिकित्सक रहेकाले पहिलेको अवस्था नआउने उनको विश्वास छ ।

उनि भन्छन , “कोरोना नियन्त्रण गर्न प्रयोग भएका सामग्रीहरू पुन सञ्चालनमा ल्याउन सकिन्छ र कोभिडको बेलामा खटिएका स्वास्थ्यकर्मी अनुभव भएकोले जुनैसमयमा महामारी फैलिएपनि मन्त्रालय तयारी अवस्थामा छ ।”

सबै अस्पताललाई यदि कोरोनाको लक्षण लिएर अस्पतालमा बिरामी आएमा तुरुन्त परीक्षण गर्न निर्देशन दिएको उनि बाताउछन् । आवश्यक पर्ने मानिसलाई कोरोनाको खोप दिर्दैँ आएको तर खोप केन्द्रमा मानिस नआउने उनको तर्क छ ।

सात लाख खोप मौजात छ

जोखिम समूहलाई पुग्ने खोप केन्द्रमा मात्रै सात लाख खोप मौजात रहेको डा. बुढाथोकी बाताउछन् । यदि थप खोप आवश्यक परेमा द्रुतमार्गबाट खरिद गर्न सकिने डा. बुढाथोकीको भनाई छ

उनि भन्छन , “कोरोनाको जोखिम कम स्वास्थ्यकर्मी, वृद्धवृद्धा,दीर्घरोगी,गर्भवती रोग प्रतिरोधात्मक क्षमता कम भएमा मानिसलाई आवश्यक परेमा खोपको मौजात छ ”

अहिलेपनि बेलाबेलामा खोप कार्यक्रम सञ्चालनमा आएपनि खोप लगाउन खोप केन्द्रमा कोही पनि नआउने डा.बुढाथोकीको भनाई छ । उहाँका अनुसार कोरोनाको परीक्षण गर्न परीक्षण किट एक लाख भन्दा बढी मौजात रहेको छ । यदि अन्य किट आवश्यक परेमा द्रुतमार्गबाट तुरुन्त खरिद गर्न सकिन्छ ।

नेपालमा कोरोनाले १० लाख तीन हजार ३६१ जना सङ्क्रमित भैसकेका छन् भने १२ हजार ३१ जना सङ्क्रमितको मृत्यु भएको छ । सरकारले ९० प्रतिशत जनसङ्ख्यालाई पहिलोमात्र खोप लगाइसकेको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ५ : १७ बजे