साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

इटहरीमा एकीकरण दिवस पृथ्वी जयन्ती 

इटहरी । नेपाल एकीकरण दिवस तथा ३०२ औँ पृथ्वी जयन्ती समारोह समितिले उक्त दिवस भव्य रुपमा सम्पन्न गरेको छ । प्रा.डा. बद्रीविशाल पोखरेलको संयोजकत्वमा ०६९ सालमा सुरु गरिएको उक्त समारोह बाह्रौ वर्षमा प्रवेश गरेको छ । ०८० का संयोजक शैक्षिक व्यक्तित्व ज्ञानेन्द्र दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रम्ुख बक्ता संस्कृतिविद् इतिहासविद् प्राज्ञ जगमान गरुङ र्पथ्वी नाराणयण शाहले राज्य विस्तार गरेको नभई एकीकरण गरेको प्रमाणित इतिहास उल्लेख गर्नु भयो । उहाँले स्वतन्त्र राज्यलाई अधीनस्थ गर्नु विस्तार हो भने परापूर्व कालदेखि  एकीकृत तथा अखण्ड अस्तित्वको नेपाल सत्ता,शक्ति र सम्पत्ति प्राप्त गर्न गरिएका  षडयन्त्रपूर्ण हताहतीका  कारण छिन्न भिन्न भएकोे बताउनु भयो । उहाँले देशको नाम नेपाल र नेपाली झण्डा समेत बदल्ने नेपाल नेपाली हुनुमा  सर्वाधिक गर्व गर्नु पर्ने विषय,सन्दर्भ र यसका प्रमुख नायक पृथिवी नारायण शाहलाई दुत्कार्ने कुरा नेपाल र नेपाली एकताका विरुद्ध रहेको सुस्पष्ट पार्नु भयो । पूर्व मन्त्री रामकुमार सुब्बाले एउटा नेपाली पहिचान भएको एक देशभक्त सचेत नागरिकले नेपाली हुन पाउनुमा गर्व नगरी रहनै नसक्ने बताउनु भयो  ।  

 कार्यक्रममा यसका संस्थापक संयोजक प्रा.डा. बद्रीविशाल पोखरेलले ०६९ सालमा नेपाल नेपाली हुनुमा सर्वाधिक गर्व गर्नु पर्ने विषयलाई दुत्कारिरहेको तत्कालीन अवस्थामा बुद्धिजीवी दिलकुमार बन सहितको ससाथ र सहयोगमा सत्य स्थापित गर्न गरिएको बताउनु भयो ।  यो कार्यक्रम राजा वा राजतन्त्र ल्याउ भन्ने सन्दर्भसित कुनै साइनो र सम्बन्ध नरहेको बताउँदै एउटा बुद्धिजीवी प्राध्यापक र सचेत नागरिकले खाइ जीविका मात्र गरेर हुन्न यतिले  हाम्रो भूमिका पूरा हुन्न भन्ने ठानेर एक राष्ट्रभक्तको कर्तव्य निर्वाह गरेको बताउनु भयो । इटहरीका यस्ता देशभक्रिपूर्ण गतिविधिले  देशलाई नै तरङ्गित गरिरहेको डा. पोखरेलले उल्लेख गर्नुृ  भएको थियो ।

नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको योगदान  विषयमा सम्पन्न विद्यालय तथा कलेजस्तरका विजयी विद्याथीहरुलाई  नगद सहित पुरस्कार प्रदान गरिएको थियो ।  

कार्यक्रममा पुरस्कृत विद्याथीहरु जमुना सेर्पा तथा नैन कु्मार कार्कीले पृथ्वीनारायण शाहको  योगदान विषयमा प्रभावशाली विचार व्यक्त गरेका थिए ।  कोसी प्रदेश सभासद्, मीना श्रेष्ठ,कस्तूरी कलेजका प्रिन्सिपल कमलेश शर्मा पौडेल,पिसजोन आवासीय विद्यालयका प्रिन्सिपल केशव भट्टराईले आआफ्ना मन्तव्य प्रस्त्ुत गर्नु भएको थियो । कार्यक्रममा तेक्वान्दो खेलाडी नेपाली सेना सशस्त्र प्रहरी विद्यालयका बालबालिका सहितको रचनात्मक उपस्थिति थियो ।    

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १ : ३० बजे