साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

 विद्यालय बन्द गर्ने नगर्ने निर्णय स्थानीय तहको निर्णयबमोजिम गर्नू : शिक्षा मन्त्रालय

 

काठमाडौँ ।  शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले कोरोना संक्रमण उच्च भएका जिल्लामा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा स्थानीय निकायको निर्णयअनुसार विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्न अनुरोध गरेको छ । 

शुक्रबार मन्त्रालयमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे अन्तरक्रिया गर्दै मनत्रालयले  कोरोना संक्रमणका हिसाबले अति जोखिममा रहेका भनी पहिचान गरेका जिल्ला र सहरमा डीसीसीएमसीको समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयबमोजिम विद्यालय बन्द गर्ने नगर्ने निर्णय गर्न  अनुरोध गरेको हो ।

पछिल्लो समय कोरोना संक्रमण बढिरहेको र त्यसबाट विशेषगरी विद्यालय जाने उमेर समूहका विद्यार्थीहरुमा संक्रमणको जोखिम उच्च रहेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ४ : १४ बजे