साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आमाको पीडा नबुझ्ने छोरा–बुहारीको कथा लिएर आए राजनराज शिवाकोटी

काठमाडौँ । आमा–बाबुको सपना बुढेसकालको सहारा छोरा । तर त्यही छोराले आमा बाबुलाई गरेको अपहेलनाको कथा समाजमा छरपष्ट रहेका छन् ।  

त्यस्तै कथा बोकेको एक मार्मिक गीतीकथा रिलिज भएको छ ।  हुर्किएको छोरो अनि बुहारीको बचन, बुढेसकाल लागेकी आमालाई वृद्धाश्रम पठाउन कस्सिएका तिनै छोरा बुहारीको कथा बोकेको गीतीकथा ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक भएको हो ।  

राजनराज शिवाकोटीको शब्द र सङ्गीतमा रहेको गीतमा राजनराजलाई आवाजमा टिका पुन र रिता केसीले साथ दिएकी छन् । भिडियोको कथा र प्रस्तुति मन छुने बनाइएको छ ।  

भिडियोले अन्त्यमा आमालाई गर्नु पर्ने माया र कर्तव्यको बोध गराएको छ ।  वृद्धाश्रम पुगेपछि आमाको माया महसुस गरेका छोराको व्यथा निकै मार्मिकरुपमा देखाइएको छ। विभोर पोख्रेलले निर्देशन गरेको भिडियोलाई रेबेल क्रिएशनको प्रस्तुतिमा गगन लाल प्रधानले निर्माण गरेका छन् ।

भिडियोमा हिउँवाला गौतम, सुवास सिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय रहेको छ। बाल कलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गरेका छन्। विशाल थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन् ।

​​​​​​​

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ७ : ०७ बजे